प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

टेक वहादुर शाक्य (Tek Bahadur Shakya)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
टेक वहादुर शाक्य
जम्मा मत

29

votes
0.2% of total votes in this constituency
About Candidate

पर्साको ठोरी गाउँपालिका-४, विजयवस्तीका स्थायी बासिन्दा टेकबहादुरले चुनावको मुखैमा पार्टी परिवर्तनपछि टिकट पाएका छन् ।

उनी तत्कालीन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत थिए । नेकपा माओवादी केन्द्रमै सक्रिय रहेर सामाजिक कार्यका साथै संगठन निर्माण र विस्तारमा उनले भूमिका खेलेका थिए । जेनजी आन्दोलनपछिको परिवर्तित राजनीतिक अवस्थामा उनले नेकपा माओवादी केन्द्र परित्याग गरे । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  प्रवेश गरे ।  

५० वर्षीय शाक्यले वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तहसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् ।

नेपाल प्रहरीको अधिकृत पदमा रहे काम गरेको अनुभवसमेत उनीसँग छ । साथै, विभिन्न संघ-संस्थाको नेतृत्व गर्दै सामाजिक काम गरेका शाक्यको घरबारविहीन गरिब तथा विपन्न परिवारलाई घर बनाइदिने काममा महत्त्वपूर्ण भूमिका छ ।

राजनीतिक अस्थिरता, बेथितिविरुद्ध र जनताका लागि काम गर्ने अठोटका साथ उम्मेदवारी दिएको उनी सुनाउँछन् ।