प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

अजय कुमार चौरसिया (Ajay Kumar chaurasiaya)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
अजय कुमार चौरसिया
विजयी
जम्मा मत

0

votes
About Candidate

६० वर्षीय अजय चौरसिया पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका–अमरपट्टीका स्थानीय बासिन्दा हुन्। उनी यसपटकको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार बनेका छन्। यसअघि उनी कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीको जिम्मेवारी सम्हालिसकेका अनुभवी राजनीतिज्ञ हुन्।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकसम्म अध्ययन गरेका चौरसिया २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पर्सा–२ बाट नेपाली कांग्रेसका तर्फबाट विजयी भएका थिए। उक्त निर्वाचनमा उनले २८ हजार ४५१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका सुरेन्द्रप्रसाद कुर्मीले २२ हजार ४४५ मत ल्याएका थिए।

यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भने उनी पराजित भएका थिए। सो निर्वाचनमा संघीय समाजवादी फोरमका बिमलप्रसाद श्रीवास्तवले २१ हजार १६९ मत ल्याएर विजयी हुँदा चौरसियाले १९ हजार ७०४ मत प्राप्त गरेका थिए।