प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

सुशील कुमार कानु (Sushil Kumar Kanu)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
सुशील कुमार कानु
जम्मा मत

27

votes
2.3% of total votes in this constituency
About Candidate

३६ वर्षीय कानु वीरगन्ज महानगरपालिका, घडिअर्वा क्षेत्रका स्थानीय हुन्। त्रिभुवन विश्वविद्यालयबाट प्लस–टू उत्तीर्ण गरेका उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा जसपाबाट वीरगन्ज महानगरपालिका–१० का वडाध्यक्ष निर्वाचित भएका थिए।

यस पटक कानु पार्टी परिवर्तन गर्दै रास्वपाबाट संघीय निर्वाचनमा होमिएका छन् । त्यसका लागि उनले वडाध्यक्ष पदबाट राजीनामा दिएका थिए।

उनको राजनीतिक यात्रा तत्कालीन मधेशी जनअधिकार फोरमबाट सुरु भएको हो। २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि उनी वडा–१० बाट उम्मेदवार भएका थिए र उपविजेता बनेका थिए। त्यसपछि वीरगन्ज महानगरपालिका कार्यपालिका सदस्यमा विजयी भएर काम गरे।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पर्सा–२ मा रास्वपाको उपस्थिति कमजोर थियो । त्यतिबेला रास्वपाबाट उम्मेदवार बनेका दीपराज पटेलले ९७१ मत मात्र पाएका थिए ।