प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

भैयाराम प्रसाद यादव (Bhaiyaram Prasad Yadav)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
भैयाराम प्रसाद यादव
जम्मा मत

0

votes
About Candidate

बारा जिल्लाको महागढीमाई नगरपालिका–६, बेनौली स्थायी ठेगाना भएका यादवको जन्म २०३९ साल वैशाख १ गते भएको हो। रामगोविन्द राउत र लिखिया देवीका सन्तान यादवले स्नातक तहसम्मको अध्ययन गरेका छन्।

यादवले आफ्नो राजनीतिक यात्रा वि.सं. २०६२ सालमा वीरगञ्जस्थित ठाकुरराम क्याम्पसमा नेपाल विद्यार्थी संघको सचिवको जिम्मेवारी सम्हाल्दै सुरु गरेका थिए। २०६४ सालमा उनी नेविसंघ बारा जिल्ला समिति सदस्य बने । सोही वर्ष राष्ट्रिय रोजगार प्रवर्द्धन समितिको बारा जिल्ला सदस्य–सचिवको जिम्मेवारीसमेत उनले निर्वाह गरे।

पार्टी संगठनमा सक्रिय यादव २०७८ सालमा सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट बारा जिल्ला सचिवमा निर्वाचित भएका छन् ।

शिक्षा, सामाजिक सेवा र पार्टी संगठनमा लामो समयदेखि सक्रिय यादव पहिलोपटक प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका हुन्।

सामाजिक क्षेत्रमा पनि उनी निरन्तर सक्रिय रहँदै आएका छन्। २०६४ सालदेखि “जनजागरण युवा क्लब” नामक गैरसरकारी संस्थामार्फत सामाजिक चेतना अभिवृद्धिमा उनको योगदान रहँदै आएको छ।

व्यवसायिक जीवनमा शिक्षकसमेत रहेका यादवले २०७२ सालमा स्थायी शिक्षकका रूपमा सेवा सुरु गरेका थिए। २०७९ सालमा पूर्णकालीन रूपमा राजनीतिमा सक्रिय हुन शिक्षण पेशाबाट राजीनामा दिएका थिए।

यसअघि कुनै पनि संसदीय निर्वाचनमा उम्मेदवार नबनेका यादव यस पटक पहिलोपटक प्रतिनिधिसभा सदस्यका रूपमा उम्मेदवारी दिएका हुन्।