प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

राम कुमार भट्टराइ (Ram Kumar Bhattarai)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
राम कुमार भट्टराइ
जम्मा मत

66

votes
0.2% of total votes in this constituency
About Candidate

८ भदौ २०२० सालमा रौतहटको चन्द्रपुर नगरपालिका–चन्द्रनिगाहपुरमा जन्मिएका भट्टराई सोही नगरपालिका-५ का स्थानीय हुन्। प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका उनी यस क्षेत्रका पुराना र निरन्तर सक्रिय कम्युनिस्ट नेताका रूपमा चिनिन्छन्।

२०३५–३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका भट्टराई लामो समय नेकपा एमालेमा सक्रिय रहे ।

एमाले विभाजन हुनुअघि उनले जिल्लाको प्रमुख नेतृत्व सम्हाल्दै स्थानीयस्तरमा संगठन विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेका थिए।

तत्कालीन माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच एकता हुनुअघि उनी एकीकृत समाजवादी पार्टीका उपमहासचिव तथा कार्यालय सचिवको जिम्मेवारीमा थिए।

२०७० सालको संविधानसभा निर्वाचनमा उनी नेकपा एमालेबाट निर्वाचित भएका थिए। त्यस निर्वाचनमा उनले कांग्रेसका देवप्रसाद तिमल्सिनालाई पराजित गरेका थिए ।

त्यसपछि भएका दुई निर्वाचनमा भट्टराई उम्मेदवार बनेनन् भने तिमल्सिनाले निरन्तर जीत हासिल गरे। १२ वर्षपछि पुनः तिनै तिमल्सिनासँगको प्रतिस्पर्धामा उत्रिँदा भट्टराई इतिहास दोहोर्‍याउने योजनामा छन्।


रौतहट क्षेत्र ४ का अन्य उम्मेदवारहरू