|
|
नेपाली काँग्रेस |
|
|
प्रतिनिधिसभा |
|
|
२०७९ सालको निर्वाचनमा सो क्षेत्रमा उनले सानदार जित निकालेका थिए । कूल ३४ हजार १६१ भोट प्राप्त गरी विजयी भएका उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उद्धवप्रसाद रेग्मीले २६ हजार ५५९ मत पाएका थिए ।
यद्दपि, अघिल्लो निर्वाचनमा कांग्रेसलाई तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीले समेत समर्थन गरेका थिए । २०७४ मा भने उनले एक्लै चुनाव लडेर वाम उम्मेदवारलाई हराएका थिए । सोही कारण यो क्षेत्रमा उनी तुलनात्मक रूपमा बलिया उम्मेदवार मानिन्छन् ।
रौतहट-४ मा गत निर्वाचनमा उनले रेकर्ड नै बनाएका थिए । २०४८ सालयता यस क्षेत्रमा कुनै पनि उम्मेदवारले दोहोर्याएर चुनाव जितेका थिएनन् । २०७४ र २०७९ मा विजयी हुँदै उनले कीर्तिमान बनाएका हुन् ।
१५ असोज २०२७ मा रौतहट चन्द्रपुर नगरपालिका चेतनगरमा जन्मिएका तिमिल्सिनाको प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन् ।
तिमिल्सिना विद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गरेका हुन् । नेपाल विद्यार्थी संघबाट कांग्रेस गाउँ सचिव, क्षेत्रीय सभापति हुँदै उनी पटक पटक महाधिवेशन प्रतिनिधि बनेका थिए ।
दोस्रो संविधानसभा निर्वाचनमा भने उनी सोही क्षेत्रबाट पराजित भएका थिए । कांग्रेसको हालै सम्पन्न विशेष महाधिवेशनका दौरान उनले गगन थापालाई समर्थन गरे । र, कांग्रेसको खुला केन्द्रीय सदस्यमा निर्वाचित भए ।