प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

रामललित मंडल (Ramlalit Mandal)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
रामललित मंडल
जम्मा मत

25

votes
0.1% of total votes in this constituency
About Candidate

धनुषाको नगराइन नगरपालिका-६ स्थित पूर्वारी टोलका स्थायीबासिन्दा हुन् रामललित मण्डल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उनै मण्डललाई धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनाएको छ ।

बीएसम्म अध्ययन पूरा गरेका ५१ वर्षीय मण्डलसँग शिक्षण र कृषि क्षेत्रमा काम गरेको अनुभव छ । उनी संसदीय राजनीतिमा भने पहिलोपटक चुनाव लड्दैछन् ।

तत्कालीन नेकपा एमालेको २०५१ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संगठनको क्षेत्रीय अध्यक्षबाट उनले राजनीति यत्रा सुरु गरेका हुन् । उनले २०५३ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गरेका थिए भने २०५३ सालमा युवा संघको धनुषा जिल्ला सचिव बनेका थिए ।

२०६५ सालमा एमालेको लोकतान्त्रिक नेपाल आदिवासी जनजाति जनकपुर अञ्चल सचिव हुँदै २०७१ सालमा धनुषा- ३ को क्षेत्रीय अध्यक्ष बनेका थिए ।

पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादीतर्फ लागेका उनी हाल नेकपाको जिल्ला कमिटी सदस्य छन् ।


धनुषा क्षेत्र ३ का अन्य उम्मेदवारहरू