प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

विमलेन्द्र निधि (Bimalendra Nidhi)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
विमलेन्द्र निधि
जम्मा मत

520

votes
1.2% of total votes in this constituency
About Candidate

मधेशका हेभिवेट नेताको रूपमा चिनिने कांग्रेस नेता विमलेन्द्र निधि धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा उम्मेदवार बनेका छन् ।

२०६४ सालको संविधानसभा निर्वाचन जितेर संसदीय राजनीतिमा प्रवेश गरेका निधि कांग्रेसको महामन्त्री, उपसभापति हुँदै उपप्रधान तथा गृहमन्त्रीसम्मको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उनी सभापतिको उम्मेदवार थिए । पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने दुईजनामा आफू नपरेपछि उनले दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गरे ।

धनुषाको नगराइन नगरपालिका–२ निवासी निधिको राष्ट्रिय राजनीतिमा उल्लेखनीय प्रभाव रहँदै आएको छ ।

गान्धीवादी नेता महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्रले निधिको राजनीतिक यात्रा बाल्यकालदेखि नै सुरु भएको थियो । उनी १४ वर्षकै उमेरदखि विद्यार्थी राजनीति गरेका थिए ।

बीपी कोइरालाले उनलाई २०३६ सालको जनकपुर अधिवेशनमा २३ वर्षको उमेरमै नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष बनाएका थिए । त्यसबेला महेन्द्रनारायणका छोरा विमलेन्द्रलाई बीपीले अध्यक्ष बनाएको आरोप लागेको थियो । उनी बीपीले 'प्रोजेक्सन' गरेका नेताका रूपमा चिनिन्छन् ।

तर, नेविसंघको अध्यक्ष भएपछि उनले आफ्नो राजनीतिक प्रभावलाई देशव्यापी बनाए । २०३६ सालको जनमत संग्रहमा उनले हजारौँ युवा विद्यार्थीहरूको नेतृत्व गर्दै बहुदलको पक्षमा माहोल सिर्जना गरेका थिए ।

 


धनुषा क्षेत्र ३ का अन्य उम्मेदवारहरू