प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

तपेश्वर यादव (Tapeshwar Yadav)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
तपेश्वर यादव
जम्मा मत

1,490

votes
4.2% of total votes in this constituency
About Candidate

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेश प्रदेश अध्यक्ष तथा इन्जिनियर तपेश्वर यादव प्रतिनिधिसभा सदस्यका लागि सिरहा निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका छन्।

सिरहाको नरहा गाउँमा जन्मिएका यादवको जन्म वि.सं. २०४९ साल मंसिर १५ गते भएको हो। इन्जिनियरिङ विषयमा स्नातक अध्ययन पूरा गरेका उनी विद्यार्थी जीवनदेखि नै समाजसेवा र राजनीतिमा सक्रिय रहँदै आएका छन्।

वि.सं. २०७५ सालमा ‘नेपाल इन्जिनियर एसोसिएसन अफ मधेश'को केन्द्रीय महासचिव बनेका यादव त्यसपछि लगातार दुई कार्यकालसम्म मधेश प्रदेश इन्जिनियर संगठनको नेतृत्वमा निर्वाचित हुँदै आएका छन्। साथै, पोखरास्थित तराई विद्यार्थी सेवा समाजका संस्थापक अध्यक्षका रूपमा उनले विद्यार्थी हकहित र सामाजिक सेवामा महत्वपूर्ण योगदान दिएका छन्।

व्यावसायिक रूपमा इन्जिनियर यादवले एमबीसी परियोजनामा प्रोजेक्ट अफिसरका रूपमा १४ जिल्लामा पुनर्निर्माण कार्यको जिम्मेवारी सम्हालेका थिए। यस अवधिमा उनले ३०० भन्दा बढी विद्यालय तथा २९२ वटा अस्पताल निर्माण तथा पुनर्निर्माण कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। साथै, उनले संयुक्त राष्ट्रसंघअन्तर्गत करिब दुई वर्ष काम गरेको अनुभव पनि राख्छन्।


सिरहा क्षेत्र ४ का अन्य उम्मेदवारहरू