प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

चन्द्र कला कुमारी यादव (Chandra Kala Kumari Yadav)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
चन्द्र कला कुमारी यादव
जम्मा मत

185

votes
0.5% of total votes in this constituency
About Candidate

नेपाली कांग्रेसकी नेतृ चन्द्रकला देवी यादव सिरहा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी छन्। पार्टी संगठन, सामाजिक गतिविधि र जनसेवामा निरन्तर सक्रिय रहँदै आएकी उनी यसपटक राष्ट्रिय राजनीतिमा जनताको आवाज पुर्‍याउने लक्ष्यसहित मैदानमा उत्रिएकी हुन्।

वि.सं. २०३८ साल मंसिर ५ गते सिरहाको नरहा गाउँपालिका–१, नरहामा जन्मिएकी यादवले आइएसी तहसम्मको अध्ययन पूरा गरेकी छन्।

वि.सं. २०६४ सालमा नेपाली कांग्रेसको सदस्यता लिएर औपचारिक राजनीतिक यात्रामा प्रवेश गरेकी उनी त्यसयता पार्टीको सिद्धान्त, मूल्य र लोकतान्त्रिक अभ्यासको पक्षमा निरन्तर सक्रिय रहँदै आएकी छन्। विभिन्न राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय सहभागितामार्फत उनले जिल्लामा आफ्नो छुट्टै पहिचान बनाएकी छन्।

वि.सं. २०७८ सालमा सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उनी प्रतिनिधि सदस्यका रूपमा चयन भएकी थिइन्। त्यसैगरी, वि.सं. २०७९ सालमा नेपाली कांग्रेसको तर्फबाट विष्णुपुर गाउँपालिकाको उप–प्रमुख पदमा उम्मेदवारी दिएकी उनी झिनो मतान्तरले पराजित भएकी थिइन्।


सिरहा क्षेत्र ४ का अन्य उम्मेदवारहरू