प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

पारश मणि गेलाल (Parash Mani Gelal)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
पारश मणि गेलाल
जम्मा मत

1,226

votes
3.1% of total votes in this constituency
About Candidate

उदयपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाटका तर्फबाट आसन्न प्रतिनिधि सभा निर्वाचनमा पारशमणि गेलाल उम्मेदवार छन् । उनी व्यावसायिक जीवनबाट राजनीतिमा जोडिएका हुन् ।

चौदण्डीगढी नगरपालिका-९ ज्यामिरेमा जन्मिएका गेलालको स्थायी ठेगाना सुनसरीको इनरुवा नगरपालिका-६ इनरुवा हो । २०४२ साल वैशाखमा जन्मिएका गेलाल शिक्षा, व्यवसाय र संगठनात्मक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा चिनिन्छ ।

औपचारिक शिक्षाका हकमा स्नातकोत्तरसम्म अध्ययन गरेका गेलाल शिक्षा र सामाजिक चेतनासँगै निजी क्षेत्रको व्यावसायिक नेतृत्वमा समेत आफ्नो पहिचान बनाएका व्यक्ति हुन् ।

मानविकी संकायअन्तर्गत राजनीतिशास्त्र, संस्कृति र अर्थशास्त्र विषय अध्ययन गरेको शैक्षिक पृष्ठभूमिले उनलाई नीति, समाज र अर्थतन्त्रसम्बन्धी विषयमा जानकार उम्मेदवारका रूपमा हेरिन्छ ।