प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

विदुर वस्नेत (Vidur Vasnet)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
विदुर वस्नेत
जम्मा मत

0

votes
About Candidate

दयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा अढाइ दशकपछि कांग्रेसले चुनावी उमेद्वार फेरेर विदुर बस्नेतलाई मैदानमा उतारेको छ । २०५६ सालको आमनिर्वाचनमा उदयपुर–१ मा एमालेका उम्मेदवारसँग पराजित भएका डा. नारायण खड्का त्यसयता २०६४, २०७०, २०७४ र २०७९ मा गरी लगातार चौथो पटक विजयी भएका थिए ।

लगातार चारपटक चुनाव जितेका पूर्व परराष्ट्रमन्त्री खड्का यसपटक उमेद्वार नबन्ने भएपछि बस्नेतले अवसर पाएका हुन् । उनी हाल कांग्रेस केन्द्रीय सदस्य छन् ।

अम्बेवर र पुन्य कुमारीका ९ सन्तान मध्येका पाँचौ सन्तान हुन् बस्नेत । उनको जन्म २०१२ सालमा खोटाङमा भएको थियो । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ९ रातमाटेमा पनि बस्नेत परिवारको बसोबास थियो ।

बुवा अम्बेवर बीपीसँग नजिक हुँदै २०१५ समयमा पहिलो जननिर्वाचित प्रतिनिधि बनेका कारण पनि विदुरले सानैदेखि राजनीतिक वातावरणमा हुर्किए । 

 

महेन्द्र मोरङ क्याम्पस विराटनगरमा अध्ययन गर्दा २०२७ सालमा पहिलो पटक नेपाल विद्यार्थी संघको सदस्यता लिएर बस्नेत राजनीतिमा सक्रिय भए । उनले स्नातकसम्म औपचारिक शिक्षा हासिल गरेका छन् ।