प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

रुबिना आचार्य (Rubina Acharya)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
रुबिना आचार्य
जम्मा मत

3,423

votes
5.5% of total votes in this constituency
About Candidate

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर-६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुविना आचार्य उम्मेदवार छिन् । 

सामाजिक क्षेत्रमा सक्रिय रहेका उनी उज्वल थापाले स्थापना गरेको विवेकशील साझा पार्टीसँग नजिक थिइन् । विराटनगर–४, आयल निगम क्षेत्रमा जन्मिएकी रुविनाको बाल्यकाल विराटनगरमा बितेको थियो । 

उनले प्रारम्भिक शिक्षा इडेन नेसनल सेकेन्डरी बोर्डिङ स्कुलबाट लिएकी थिइन् । प्लस–टुसम्मको अध्ययन मेरिल्यान्ड कलेज विराटनगरबाट गरेकी थिइन् । काठमाडौं विश्वविद्यालयबाट उनले एमबीए अध्ययन गरेकी छन् ।

उनको राजनीतिक यात्रा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनबाट सुरु भएको थियो । त्यसबेला विवेकशील साझा पार्टीबाट निर्वाचन प्रचारमा खटिएकी थिइन् । विवेकशील साझाको युवा संगठनको बागमती प्रदेश समितिमा रहेर काम गरेकी उनी विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य पनि बनिन् ।

उनले नागरिक अधिकार, महिला सहभागिता र समावेशीताका मुद्दालाई प्राथमिकताका उठाइरहेकी छन् ।

उनी डाक्टर गोविन्द केसीको चिकित्सा शिक्षा सुधार अभियान, कोरोना महामारीका बेला सञ्चालन गरिएको ‘तातो भात अभियान’,महिला हिंसा विरुद्धको अभियानमा पनि सक्रिय थिइन् ।