प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

डा शेखर कोइराला (Dr. Shekhar Koirala)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
डा शेखर कोइराला
जम्मा मत

221

votes
0.4% of total votes in this constituency
About Candidate

कांग्रेसको राजनीतिमा कोइराला परिवारको राजनीतिक विरासत बोकेका डा. शेखर कोइराला फागुन २१ को निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् । कोइराला छैटौँ पटक मोरङमा प्रतिस्पर्धा गर्दैछन् । यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका कोइराला २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन फोरम लोकतान्त्रिकका उम्मेदवार विजयकुमार गच्छदारसँग पराजित बने । तरपछि गच्छदारले मोरङ छाडेपछि २०६५ मा भएको उपनिर्वाचनमा कोइरालाले फोरम लोकतान्त्रिककै उम्मेदवारलाई पराजित गर्दै संविधानसभा सदस्य बने । 

७५ वर्षीय कोइरालाले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदारलाई पराजित गरे । तर २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी एमाले उम्मेदवार लालबाबु पण्डितसँग ६ सय ७५ मतको अन्तरले पराजित भए । त्यसपछि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मतदाताले पुनः कोइरालालाई विजयी गराए ।


मोरङ क्षेत्र ६ का अन्य उम्मेदवारहरू