प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

विनोद प्रसाद ढकाल (Binod Prasad Dhakal)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेकपा एमाले
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
विनोद प्रसाद ढकाल
जम्मा मत

728

votes
1.2% of total votes in this constituency
About Candidate

मोरङ क्षेत्र नम्बर ६ को  नेकपा एमालेबाट ५७ वर्षीय विनोद ढकाल उम्मेदवार हुन । पार्टी राजनीतिमा प्रभावशाली भूमिकामा रहँदै आएका ढकाल संसदीय राजनीतिमा भने पटक–पटक असफल भएका नेता मानिन्छन् । २०६५ सालको पहिलो संविधानसभा उपनिर्वाचनमा शशांक कोइरालासँग प्रतिस्पर्धा गरेर पराजित भएका ढकाल यसपटक फेरि चुनावी मैदानमा छन् ।

पार्टीभित्र प्रतिपक्षी धार सम्हाल्दै आएका ढकाल संगठनात्मक रूपमा बलिया मानिए पनि संसदीय निर्वाचनको इतिहास भने उनको पक्षमा छैन । उनी लगातार तीन निर्वाचनमा पराजित भइसकेका छन् ।

भोजपुरबाट २०४२ सालमा विराटनगर बसाइँ सरेका ढकालले एमालेनिकट अखिलबाट विद्यार्थी राजनीति सुरु गरेका हुन् । २०४७ सालमा अनेरास्ववियुको मोरङ जिल्ला अध्यक्ष बनेका उनी पछि अखिलको केन्द्रीय कमिटी उपाध्यक्षसम्म पुगे । २०६५ सालमा एमाले मोरङ जिल्ला अध्यक्ष बनेका ढकाल २०६९ सालको जिल्ला अधिवेशनमा पराजित भए । तर २०७३ सालको अधिवेशनमा पुनः जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए ।


मोरङ क्षेत्र ६ का अन्य उम्मेदवारहरू