प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

ओपेन्द्र कुमार राय (Opendra Kumar Rae)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
ओपेन्द्र कुमार राय
जम्मा मत

1,460

votes
2.3% of total votes in this constituency
About Candidate

४८ वर्षीय राय श्रमिक आन्दोलनबाट खारिएका नेता हुन्। उनी पिछडिएको वर्ग, श्रमिक र सीमान्तकृत समुदायलाई नीति निर्माणको केन्द्रसम्म पुर्‍याउने लक्ष्यसहित निर्वाचनमा होमिएको बताउँछन् ।

जनयुद्धको समयदेखि नै नेकपाको राजनीतिमा सक्रिय रहेका राय पार्टीका पुराना र प्रतिबद्ध नेता मानिन्छन् । श्रमिक हक–अधिकार, सामाजिक न्याय र वर्गीय मुद्दालाई प्राथमिकतामा राख्दै आएका उनले राजनीति सत्ताका लागि होइन, श्रमिक र उत्पीडित वर्गको आवाज बुलन्द गर्नुपर्ने माध्यम भएको धारणा राख्दै आएका छन् ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी नेपाली कांग्रेससँग गठबन्धनमा रहेकाले यस क्षेत्रबाट उम्मेदवार नउठाएको थियो। सो निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ को प्रदेशसभा ‘१’ बाट जीवन आचार्य निर्वाचित भएका थिए। यसपटक भने पार्टीले आफ्नै संगठन र एजेन्डाका आधारमा प्रतिस्पर्धामा उत्रिने निर्णय गर्दै रायलाई अघि सारेको हो ।

मोरङ क्षेत्र नम्बर ६ मा यसपटक तीन जना स्वतन्त्र उम्मेदवारसहित जम्मा १७ जनाले उम्मेदवारी दिएका छन् । बहुपक्षीय प्रतिस्पर्धाबीच श्रमिक वर्गको प्रतिनिधित्व गर्दै रायले आफू फरक राजनीतिक धार र वर्गीय एजेन्डासहित मैदानमा उत्रिएको दाबी गरिरहेका छन् । चुनावी अभियानका क्रममा उनले श्रमिक, किसान, मजदुर र सीमान्तकृत समुदायसँग प्रत्यक्ष संवाद गर्दै आफ्ना कार्यक्रम र लक्ष्य प्रस्तुत गरिरहेका छन् ।