प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

प्रकाश पाठक (Prakash Pathak)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
प्रकाश पाठक
अग्रता
जम्मा मत

19,701

votes
48% of total votes in this constituency
About Candidate

झापा क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार हुन् ३७ वर्षीय प्रकाश पाठक । उनी मतदातासामु कानुन बनाउने बाचा गर्दै भोट मागिरहेका छन् ।

स्थानीय स्तरको विकासका लागि स्थानीय सरकार, प्रदेश सरकार रहेको उल्लेख गर्दै उनी संघीय सरकारले ठूला आयोजनाको मात्रै जिम्मेवारी लिनुपर्नेमा जोड दिइरहेका छन् । प्रतिनिधिसभा सदस्यले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र उद्योग लगायतका क्षेत्रका लागि उचित नीति बनाउनुपर्नेमा उनी प्रष्ट छन् ।

‘मैले संसद् भनेको नागरिकको आवाज केन्द्रमा पुर्‍याउने पद हो, पार्टी सरकारमा गए बजेट विनियोजन लगायतमा पनि भूमिका खेल्छु । प्राथमिकतामा भने देश बनाउने नीति बनाउँछु, पद्धिति बसाल्न भूमिका खेल्नु भनेर मत मागिरहेको छु,’ उनी भन्छन् ।

झापा बाह्रदशी गाउँपालिका घाग्रा निवासी प्रकाशले स्नातकसम्म अध्ययन गरेका छन् । १३ वर्ष विभिन्न सञ्चारमाध्यममा काम गरेका उनी भन्छन्, ‘परिवर्तन हुनुपर्छ, रुपान्तरण हुनुपर्छ भन्ने लाग्ग्थ्यो । पत्रकारितामा रहँदा देश कसरी चलेको छ भन्ने बुझियो । अब बोलेर र लेखेर मात्रै हुँदैन । सही कानुन बनाउन आफैँ अगाडि सर्नुपर्छ भन्ने लाग्यो र चुनावी मैदानमा छु ।’

उनले तीन वटा प्राथमिकता अघि सारेका छन्- शिक्षा स्वास्थ्य र कृषि ।


झापा क्षेत्र ३ का अन्य उम्मेदवारहरू