प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

अरबिन्द साह (Arabind Shah)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
अरबिन्द साह
जम्मा मत

7,382

votes
36.3% of total votes in this constituency
About Candidate

२०४१ वैशाख ५ गते जन्मिएका अरविन्द बाराको महागढीमाई नगरपालिका–७, तेलकुवानिवासी हुन् । गाउँको पूर्वाधार कमजोर अवस्थामा रहेको विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेका उनले माध्यमिक तथा उच्च शिक्षा कलैया र वीरगञ्जबाट पूरा गरेका हुन् ।

साहले पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट कम्प्युटर इञ्जिनियरिङमा स्नातक तह उत्तीर्ण गरेका छन् । त्यसपछि ग्रामीण विकासमा स्नातकोत्तर अध्ययन पूरा गरेका उनले उक्त तहमा नेपालमै पहिलोपटक आईसीटी इन एग्रिकल्चर विषयमा थेसिस गरेका थिए।

यस कार्यका लागि विश्वविद्यालय अनुदान आयोगबाट आर्थिक सहयोगसमेत प्राप्त गरेका थिए। हाल उनी ग्रामीण विकास विषयमै एमफिल/पीएचडी अध्ययनरत छन्।