प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

राजेश कुमार चौधरी (Rajesh Kumar Chaudhary)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
राजेश कुमार चौधरी
जम्मा मत

706

votes
17.3% of total votes in this constituency
About Candidate

कांग्रेस, एमाले र नेकपाले संसदीय राजनीतिका अनुभवी खेलाडीलाई उम्मेदवार बनाएको रौतहट क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले राजेशकुमार चौधरीलाई मैदानमा उतारेको छ । २०७९ सालको निर्वाचन परिणाम हेर्दा यस क्षेत्रमा रास्वपाको प्रभावकारी उपस्थिति देखिँदैन।
तर साढे तीन वर्षको अवधिमा राष्ट्रिय राजनीतिमा आएको उतारचढावले यो समीकरण बदलिन सक्ने आँकलन छ। यही कारण चौधरीलाई रास्वपाको ‘सरप्राइज प्याकेज’का रूपमा हेरिएको छ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा यसै क्षेत्रमा माधवकुमार नेपाल ३३ हजार ५२२ मत ल्याएर विजयी भएका थिए। सो निर्वाचनमा रास्वपाका सूर्यदेव प्रसाद कोइलाराले मात्र १६३ मत पाएका थिए। तर यसपटक उम्मेदवार स्वयंको व्यक्तिगत मताधारका कारण रास्वपाले फरक परिणामको अपेक्षा गरेको छ।

४ भदौ २०२८ सालमा जन्मिएका राजेशकुमार चौधरी रौतहटको दुर्गा भगवती गाउँपालिका–गंगापिप्राका स्थानीय हुन्। कृषि क्षेत्रमा सक्रिय चौधरी देश र युवाले परिवर्तन खोजेको दाबी गर्दै आफ्नो उम्मेदवारी त्यसैको परिणाम भएको बताउँछन्। उनी स्थानीय तहमा जनसम्पर्क विस्तार गर्दै प्रचार–प्रसारलाई प्रभावकारी बनाइरहेका छन्।

चौधरी यसअघि प्रदेशसभामा उम्मेदवार बनेका थिए। रौतहट–१(ख) मा २०७९ सालमा स्वतन्त्र उम्मेदवार बनेका उनले ११ हजार ४०० मत ल्याएका थिए। सो निर्वाचनमा उनी नेपाली कांग्रेसका कृष्णप्रसाद यादवसँग झिनो मतान्तरले पराजित भएका थिए। यादवले १२ हजार ४८९ मत प्राप्त गरेका थिए। स्वतन्त्र उम्मेदवार हुँदाहुँदै पनि उल्लेख्य मत पाएका चौधरीले यसपटक ठूला दलका वरिष्ठ नेताहरूलाई चुनौती दिन सक्ने देखिएको छ।