प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

किरण यादव (Kiran Yadav)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
किरण यादव
जम्मा मत

0

votes
About Candidate

नेपाली कांग्रेसले संविधानसभा र व्यवस्थापिका संसद्‌को अनुभव भएकी नेतृ किरण यादवलाई महोत्तरी-२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।

५ जेठ २०२४ सालमा महोत्तरीमा जन्मिएकी यादव महोत्तरीको बलवा नगरपालिका, पुर्वारीकी स्थायी बासिन्दा हुन् । नेपाली कांग्रेसको राजनीतिमा सक्रिय यादवले काठमाडौं पद्मकन्या क्याम्पसबाट स्नातक (बीए) तहसम्मको अध्ययन पूरा गरेकी छिन् ।

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवकी भतिजी हुनुका नाताले उनलाई राजनीतिमा पारिवारिक विरासतको साथ रहे पनि उनी आफ्नै संघर्ष र सक्रियताका कारण कांग्रेसको केन्द्रीय तहसम्म पुग्न सफल नेतृ हुन् । उनी हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्यको जिम्मेवारीमा छिन् ।

यादवको संसदीय यात्रा २०६४ सालको पहिलो संविधानसभाबाट सुरु भएको हो । त्यसपछि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी महोत्तरी-२ बाट निर्वाचित भइन् । २०७० देखि २०७४ को कार्यकालमा उनले सांसदका रूपमा नयाँ संविधान जारी गर्न र आफ्नो क्षेत्रको विकास निर्माणमा अहं भूमिका निभाएकी थिइन् ।