प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

रामजी यादव (Ramji Yadav)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
रामजी यादव
जम्मा मत

14,556

votes
15.4% of total votes in this constituency
About Candidate

सप्तरी-२ का रास्वपा उम्मेदवार इन्जिनियरिङ पृष्ठभूमिबाट राजनीतिमा उदाएका हुन् । राजविराज विहारपुरका उनी प्राविधिक ज्ञान,  सामाजिक फिल्ड–वर्क र मधेश आन्दोलनको अनुभव मिसिएका प्रतिनिधि युवा नेता हुन्।

३० वर्षीय यादवले विद्युत इन्जिनियरिङमा बीइ गरेका छन् । उनी नवीकरणीय उर्जा, कार्बन क्रेडिट र सार्वजनिक खरिद सुधारजस्ता विषयमा विशेषज्ञता राख्ने व्यवसायीक रूपमा सफल प्राविधिक पनि हुन् ।

इजीवर्ल्ड इन्जिनियरिङ  प्रालिका प्रबन्ध निर्देशकका रूपमा सात वर्षभन्दा बढी नेतृत्व अनुभव बटुलेका यादव प्रमाण–आधारित नीतिनिर्माण, कार्बन क्रेडिटमार्फत वैदेशिक आम्दानी र दिगो विकास मोडल निर्माण गर्न सक्षम उम्मेदवारको रूपमा अगाडि आएका छन्।

स्थानीय तहमा सव–इन्जिनियरिङ कलेज स्थापना, राजविराजको फोहोर व्यवस्थापनका लागि प्रशोधन केन्द्रको पहल, राज रङ्गशाला खेलमैदानको पूर्वाधार निर्माण, राजविराज–९ मा स्वास्थ्यचौकी भवन निर्माणको काममा संलग्न भएको उनी बताउँछन् ।


सप्तरी क्षेत्र २ का अन्य उम्मेदवारहरू