प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

राम कुमार राई (Ram Kumar Rai)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
राम कुमार राई
अग्रता
जम्मा मत

14,358

votes
39.2% of total votes in this constituency
About Candidate

२ चैत २०२६ मा खोटाङको दुर्छिम–५ मा जन्मिएका हुन् रामकुमार राई । उनको परिवार २०३३ सालमा खोटाङबाट कटारी–५ झरेको थियो । राईले २०४७ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएका थिए । उनी पार्टीको क्षेत्रीय सभापति, जिल्ला सचिव, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य भए ।  

उनै राईलाई २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उदयुरको क्षेत्र नम्बर-२  बाट नेपाली कांग्रेसले उम्मेदवार बनाएको छ ।

२०५४ सालको निर्वाचनमा उनी कांग्रेसबाट कटारी गाविस अध्यक्षमा निर्वाचित भएका थिए । गाविस अध्यक्ष निर्वाचित भएदेखि नै नागरिकका पक्षमा काम गरेकोले आफूलाई जनताले मत दिने उनको दाबी छ । उनका अनुसार विशेष महाधिवेशन पश्चात यस क्षेत्रमा कांग्रेस एकढिक्का छ ।

यस पटक पार्टीको साथ, जेनजीको भावनाको कदर लगायतका कारण जनताले आफूलाई मत हाल्ने राई बताउँछन् ।