प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

गुरु राज घिमिरे (Guru Raj Ghimire)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
गुरु राज घिमिरे
जम्मा मत

1,326

votes
2.5% of total votes in this constituency
About Candidate

२०२७ फागुन १२ मा मोरङको अमरदहमा जन्मिएका घिमिरे कांग्रेसको केन्द्रीय राजनीतिमा प्रभावशाली छन् ।

कांग्रेसभित्र पुस्तान्तरणको मुद्दा उठाउने नेताका रूपमा परिचित उनले विशेष महाधिवेशनबाट महामन्त्रीको जिम्मेवारी पाएका हुन् ।

स्वर्गीय हरिप्रसाद घिमिरे र दुर्गादेवी घिमिरेका छोरा गुरुराजको राजनीतिक उचाइ कुनै विरासतको उपज होइन, उनी विद्यार्थी राजनीतिबाट पार्टीको केन्द्रमा उदाएका हुन् ।

अमरदहस्थित वीरेन्द्र माध्यमिक विद्यालयबाट उनी नेपाल विद्यार्थी संघमा जोडिएका थिए । विद्यालयको इकाइ समितिबाट सुरु भएको उनको यात्रा जिल्ला हुँदै केन्द्रीय राजनीतिसम्म फैलियो ।

संगठन विस्तार, लोकतान्त्रिक अधिकारको रक्षा र वैचारिक बहसमा उनी अग्रसर भए । २०५९ सालमा नेविसंघको केन्द्रीय सभापतिको जिम्मेवारी घिमिरेले सम्हाले । उनी सभापति हुँदा कांग्रेसका वर्तमान सभापति गगन थापा नेविसंघ महामन्त्री थिए ।

उनले विद्यार्थी आन्दोलनलाई सडकमा मात्र सीमित राखेनन्, वैचारिक रूपमा अघि बढाउँदै गणतन्त्रको पक्षमा उभ्याउन भूमिका खेले ।

घिमिरे साहित्यकार पनि हुन् । उनका कृति तीन कृति प्रकाशोन्मुख छन् ।