प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

अमन लाल मोदी (Aman Lal Modi)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
अमन लाल मोदी
जम्मा मत

0

votes
About Candidate

चौथो पटक संसद प्रवेशका लागि उठेका उनले ७ वर्षको उमेरमै बाबु गुमाएका थिए । उनको बाल्यकाल अभाव र संघर्षमै बित्यो । बिहान–बेलुका उद्योगमा काम गर्ने र दिउँसो स्कुल गएर उनले एसएलसीसम्मको पढाइ सके । आमा बालोदेवीले सात छोराछोरी हुर्काउन छिमेकमा बनिबुतो गर्नुका साथै हाटबजारमा आलुचप बेच्थिन् ।

२०५६ सालमा तत्कालीन भूमिगत नेकपा (माओवादी)मा आवद्ध झएका अमन सुरुमा अखिल क्रान्तिकारीबाट विद्यार्थी राजनीतिमा सत्रिय भए । कक्षा ९ मा पढ्दै गर्दा विद्यार्थी राजनीतिमा सक्रिय भएका उनले महेन्द्र मोरङ क्याम्पसमा पनि राजनीतिलाई अघि बढाए । यद्यपि त्यतिबेला पनि उनले पढाइ खर्च जुटाउन विराटनगरको होटलमा वेटर र क्लिनरको काम समेत गरे ।

माओवादी सशस्त्र  युद्धका क्रममा २०६० सालमा पक्राउ परेका मोदी दुई वर्ष तीन महिना जेल बसे । पार्टी शान्ति प्रक्रियामा आएपछि खुला राजनीतिमा सक्रिय भएका उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक पद्धतिबाट पहिलो पटक जनप्रतिनिधि बने ।