प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

देवेन्द्र पौडेल (Devendra Paudel)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
देवेन्द्र पौडेल
जम्मा मत

53

votes
0.2% of total votes in this constituency
About Candidate

२०४७ सालमा भएको विद्यार्थी संगठनको एघारौँ महाधिवेशनबाट अखिल (क्रान्तिकारी)का संयोजक चुनिएका देवेन्द्र पौडेल २०४८ सालमा विभिन्न पाँच विद्यार्थी सङ्गठन मिलेर बनेपछि अध्यक्ष भएका थिए । साबिक माओवादीका सचिव रहेका पौडेल नेकपाका प्रभावशाली नेता हुन् । २०७९ सालको निर्वाचनमा बागलुङ–२ बाट उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । पूर्वशिक्षामन्त्री समेत रहेका उनी प्रखर वक्ता र अध्ययनशील नेता मानिन्छन् । २०३६ सालदेखि वामपन्थी राजनीतिमा सक्रिय पौडेल २०६८ सालमा तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईका राजनीतिक सल्लाहकार थिए ।

२०७४ सालमा बागलुङ–२ बाट निर्वाचित भएका उनी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बने । पौडेल एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपाको स्कुल विभागका उपप्रमुख थिए । यो पटक साबिक निर्वाचन क्षेत्र छाडेर नवलपरासी–२ बाट उम्मेदवारी दिएका छन् ।