प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

इश्वर पोखरेल (Ishwor Pokharel)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेकपा एमाले
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
इश्वर पोखरेल
विजयी
जम्मा मत

0

votes
About Candidate

२०३० सालबाट भूमिगत राजनीति, २०३५ मा नेकपा (माले)को संस्थापक केन्द्रीय सदस्य, माले र नेकपा (मार्क्सवादी) मिलेर २०४७ मा बनेको नेकपा (एमाले)मा पोलिटब्युरो र स्थायी समिति सदस्य भएका पोखरेल २०६५ र २०७० सालको एमाले महाधिवेशनबाट महासचिवमा निर्वाचित भए ।  

राजनीतिक जीवनमा १५ वर्ष भूमिगत र पटक–पटक गरी दुई वर्ष जेल जीवन बिताएका पोखरेल तत्कालीन एमाले र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय सदस्य पोखरेल पार्टी विभाजनपछि चितवनमा भएको एमालेको १०औँ महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए ।

२०५४ मा राष्ट्रिय सभा सदस्यको रूपमा संसदीय यात्रा सुरु गरेका पोखरेल २०५६ सालको संसदीय निर्वाचनमा काठमाडौँ–३ बाट निर्वाचित भए । २०६१ मा नेपाली कांग्रेसका शेरबहादुर देउवा नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका पोखरेल २०६९ जेठमा १३ दिन उपप्रधानसहित उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बने । २०७४ को निर्वाचनमा काठमाडौँ–५ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि २०७४ फागुनमा उपप्रधान एवं रक्षामन्त्री भएका थिए ।