|
|
नेपाली कम्युनिष्ट पार्टी |
|
|
प्रतिनिधिसभा |
|
|
इन्द्र भुसाल नेपाली कम्युनिस्ट पार्टीका युवा नेता हुन्। उनले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन-४ बाट उम्मेदवारी दर्ता गराएका छन्।
लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहेका भुसालले त्रिभुवन विश्वविद्यालयअन्तर्गत पशुपति क्याम्पसबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए । उनी काठमाडौं–४ क्षेत्रमा समाजसेवी नेताका रूपमा परिचित छन्, यद्यपि उनको स्थायी ठेगाना संखुवासभा चैनपुर नगरपालिका हो।
उच्च शिक्षा अध्ययनका लागि २०७५ सालमा काठमाडौं आएका भुसाल २०७८ मा पशुपति क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सहसचिव र २०७९ मा उपसभापति निर्वाचित भएका थिए।
उपत्यकाका विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा थालेका भुसाल अखिल (क्रान्तिकारी) को केन्द्रीय सदस्य, सचिव तथा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्।