प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

सचिन तिमल्सेना (Sachin Timalsina)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
सचिन तिमल्सेना
जम्मा मत

0

votes
About Candidate

नेपाली कांग्रेसले काठमाडौँ–४ बाट ३३ वर्षीय सचिन तिमल्सेनालाई उम्मेदवार बनाएको छ । २०७०, २०७४, २०७९ मा यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य जितेका पार्टी सभापति गगन थापा मधेस झरेर सर्लाही–४ मा उम्मेदवार बनेपछि तिमल्सेनालाई कांग्रेसले उम्मेदवार बनाएको हो ।

त्रिभुवन विश्वविद्यालयबाट द्वन्द्व, शान्ति र विकास विषयमा स्नातकोत्तर पास गरेका तिमल्सेनाले अमेरिकाको हार्वर्ड केनेडी स्कुलबाट नेतृत्व र संगठनसम्बन्धी विशेष कोर्ससमेत पास गरेका छन् ।

सचिनका पिता सुरेन्द्रकुमार तिमल्सेना कांग्रेस महासमिति सदस्य र आमा क्षेत्रीय प्रतिनिधि बनिसकेका थिए । उनी भने पार्टीको क्रियाशील सदस्य मात्रै हुन् । २०७५ देखि २०७९ सालसम्म युवा कांग्रेसका संस्थापक अध्यक्ष बनेर काम गरेका सचिन क्रिकेट कमेन्टेटरका रूपमा पनि परिचित छन् । नेपाल प्रिमियर लिग, नेपाली कमेन्ट्री, नेपाल–वेस्ट इन्डिज ऐतिहासिक शृंखलालगायत दर्जनौँ प्रतियोगितामा उनले कमेन्ट्री गरिसकेका छन् ।