प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

राजन भट्टराई (Rajan Bhattarai)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेकपा एमाले
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
राजन भट्टराई
विजयी
जम्मा मत

0

votes
About Candidate

२०२५ साल असारमा सिन्धुपाल्चोकको सिन्धुकोटमा जन्मिएका भट्टराई नेकपा एमालेको तर्फबाट फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ४ बाट तेस्रो पटक प्रतिस्पर्धा गर्दैछन् । २०७४ र २०७९ सालमा कांग्रेसका गगन थापासँग पराजित भट्टराईलाई एमालेले तेस्रो पटक पनि सोही क्षेत्रबाट उम्मेदवार बनाएको हो । अन्तर्राष्ट्रिय मामिलाका जानकार भट्टराईले त्रिचन्द्र कलेजबाट स्नातक र युनिभर्सिटी अफ लन्डनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । त्यसपछि २०६९ सालमा भट्टराईले जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधि गरे ।

अनेरास्ववियुको विद्यार्थी संगठनबाट राजनीति थालेका भट्टराई २०४०–४६ सालका बिचमा १२ पटक पक्राउ परे र जेल सजाय भोगे । 

२०५३ पछि नेकपा (एमाले)को विदेश विभाग सचिव र २०५४–५८ सालमा उपत्यका समन्वय कमिटी सदस्य भएका भट्टराई एमालेको नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भए । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको परराष्ट्र सल्लाहकारको भूमिका पाएका डा. भट्टराई यसबिचमा नेपाल–भारत प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी)का सदस्य पनि रहे । त्यसअघि माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि परराष्ट्र सल्लाहकार रहेका भट्टराई दोस्रो संविधानसभामा समानुपातिक सभासद् बने ।