प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

सन्तोष दंगाल (Santosh Dangal)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
सन्तोष दंगाल
अग्रता
जम्मा मत

4,613

votes
44.4% of total votes in this constituency
About Candidate

२०५४ साल वैशाख २३ गते बाराको निजगढ नगरपालिकामा जन्मिएका दंगाल सीताराम दंगाल र हनुमाया दंगालका सुपुत्र हुन्। स्नातक तहसम्मको शिक्षा हासिल गरेका दंगाल पेसाले व्यवसायी हुन्।

सामाजिक तथा आर्थिक गतिविधिमा समेत संलग्न दंगालको राजनीतिक यात्रा २०६९ सालमा पशुपति क्याम्पस, काठमाडौंबाट सुरु भएको हो ।

अखिल क्रान्तिकारीको इकाइ कमिटीमार्फत विद्यार्थी राजनीतिमा सक्रिय हुँदै उनले कम्युनिस्ट आन्दोलनमा संगठित भूमिका निर्वाह गरे। विद्यार्थी राजनीतिपछि उनी पार्टी संगठन विस्तारमा केन्द्रित भए।

वैदेशिक रोजगारीका क्रममा कतार पुगेका दंगाल त्यहाँ रहेका नेपाली श्रमिकहरूको हक–अधिकारका पक्षमा जनप्रगतिशील मञ्चमार्फत सक्रिय भए। उक्त संस्थामा सदस्यदेखि सचिवसम्म (२०७४–२०७६) जिम्मेवारी सम्हाल्दै श्रमिक मुद्दामा नेतृत्वदायी भूमिका खेले।

२०७५ सालमा उनी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बारा जिल्ला कमिटी सदस्य बने। २०७८ सालमा नेकपा विभाजनपछि हालसम्म माओवादी केन्द्र निकट निजगढ नगर कमिटी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन्।

स्थानीय तहमा पार्टी संगठनलाई सक्रिय बनाउने कार्यमा उनको निरन्तर संलग्नता रहँदै आएको छ।

सन्तोष दंगाल पहिलो पटक प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार बनेका हुन्। यसअघि कुनै पनि तहको निर्वाचनमा उम्मेदवारी नदिएका उनी युवा पुस्ताको प्रतिनिधित्व, श्रमिक मुद्दा र वैकल्पिक राजनीतिक धारका पक्षमा चुनावी मैदानमा उत्रिएका छन्।