प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

प्रभु साह (Prabhu Shah)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
आम जनता पार्टी(एकल चुनाव चिन्ह)
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
प्रभु साह
जम्मा मत

419

votes
1.1% of total votes in this constituency
About Candidate

प्रभु साह आज जनता पार्टी (आजपा) का अध्यक्ष हुन्। विसं २०२८ साल असोज १३ गते रौतहटको मौलापुरमा जन्मिएका उनले माओवादी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका थिए। पछि नेपाल कम्युनिष्ट पार्टी विभाजनपछि नेकपा एमालेसँग आबद्ध भएका उनले एमाले पनि छाडेर आजपा गठन गरेका हुन् ।  

उनी रौतहट क्षेत्र नं. ३ बाट २०६४ र २०७० सालको संविधानसभा निर्वाचन तथा २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका छन्। उनले झलनाथ खनाल नेतृत्वको सरकारमा कानून तथा संवैधानिक मामिला मन्त्री र शेरबहादुर देउवा नेतृत्वको सरकारमा शहरी विकास मन्त्री तथा भूमि व्यवस्थापन, सहकारी र गरीबी निवारण मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। यो पटक पनि उनी रौतहट-३ बाट उम्मेदवार छन् ।