प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

धर्माशिला चापागाई (Dharmashila Chapagai)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
धर्माशिला चापागाई
जम्मा मत

2,452

votes
13.9% of total votes in this constituency
About Candidate

माओवादीले भूमिगत सशस्त्र आन्दोलन गरिरहेका बेलामा पूर्व क्षेत्रमा रहेका काम गरेकी एक संघर्षशील महिला नेतृ हुन्- धर्मशीला चापागाई । उनी अहिले झापा-२ बाट नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेकी छन् । उनी झापा जिल्लाकै स्थानीय हुन् । 

संगठित राजनीतिमा प्रवेश गरेदेखि नै उनले राजनीति व्यक्तिगत उन्नतिको माध्यम होइन, सामाजिक न्याय र सेवाको क्षेत्र हो भन्ने मान्यतालाई आत्मसात् गर्दै आएकी छन्।

उनले २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा झापा-३ बाट चुनाव जितेकी थिइन् । तत्कालीन चुनावी सरकारका गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई हराएपछि उनको चर्चा चुलिएको थियो । उनी २०७४ सालको चुनावमा प्रतिनिधि सभा निर्वाचनमा उनी समानुपातिक प्रणालीमार्फत संघीय सांसदका रूपमा निर्वाचित भइन् ।

२०७४ देखि २०७९ सम्मको कार्यकालमा उनले संघीय संसदमा रहेर नीति निर्माण प्रक्रिया, सामाजिक न्याय, महिला अधिकार तथा सीमान्तकृत समुदायका मुद्दामा सक्रिय सहभागिता जनाइन् । सांसदको रुपमा काम गरे पनि उनले अन्य जिम्मेवारी भने सम्हालेकी छैनन् ।