प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

निशा डाँगी (Nisha Dangi)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
निशा डाँगी
जम्मा मत

18,657

votes
39.2% of total votes in this constituency
About Candidate

नेपाली राजनीतिको परम्परागत धारलाई चिर्दै उदाएकी एक प्रभावशाली नेतृ हुन्, निशा डाँगी । झापाको भद्रपुरमा जन्मिएकी डाँगी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा–१ मा प्रतिनिधि सभाकी उम्मेदवार हुन्  । 

 

राजनीतिमा पूर्णकालीन हुनुअघि डाँगी सञ्चारकर्ममा सक्रिय थिइन् ।  सञ्चार क्षेत्रको अनुभवले उनलाई जनसरोकारका मुद्दा बुझ्न र ती विषयलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सघायो । २०७९ को आम निर्वाचनमा रास्वपाबाट समानुपातिक कोटा (खस–आर्य समूह) मार्फत निर्वाचित हुँदा उनी २ सय ७५ सदस्यीय संघीय संसद्कै सबैभन्दा कम उमेरकी ’कान्छी सांसद’ बनेर इतिहास रचेकी थिइन् ।

 

नेतृत्व र संसदीय भूमिका कम उमेरमै उनले रास्वपाको संसदीय दलको सचेतक जस्तो गहन र जिम्मेवार भूमिका निर्वाह गरेर आफ्नो राजनीतिक तथा नेतृत्व क्षमतालाई प्रमाणित गरिसकेकी छन् ।  


 

नयाँ पुस्ताको जोश र स्पष्ट भिजन बोकेकी उनी नेपाली राजनीतिमा आशालाग्दो भविष्य बोकेकी नेतृका रूपमा स्थापित छिन् ।