प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

तेजु लाल चौधरी (Teju Lal Chaudhary)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
तेजु लाल चौधरी
जम्मा मत

119

votes
0.3% of total votes in this constituency
About Candidate

सप्तरीको खडक नगरपालिकाको भदियामा २०१९ सालमा जन्मेका हुन् तेजुलाल चौधरी । त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन गरेका उनै तेजुलाल चौधरीलाई नेपाली कांग्रेसले सप्तरी क्षेत्र नम्बर-४ बाट २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाएको छ ।

शिक्षा क्षेत्रमा एक 'भिजनरी' र 'समर्पित' संस्थापकको रूपमा चिनिने चौधरीलाई कांग्रेसले चौथो पटक यो क्षेत्रबाट उम्मेदवार बनाएको हो । चौधरीलाई शैक्षिक संस्थामार्फत सयौँलाई रोजगारी र हजारौँ विद्यार्थीको शैक्षिक भविष्य निर्माणमा योगदान पुर्‍याउने व्यक्तित्वको रूपमा पनि चित्रण गर्ने गरिन्छ । 

चौधरीको संसदीय राजनीतिको यात्रा भने २०७० सालदेखि सुरु भएको हो । उनले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा जित निकालेर संविधान लेखनमा समेत महत्त्वपूर्ण जिम्मेवारी निभाएका थिए । त्यसपछि २०७४ र २०७९ सालको निर्वाचनमा पनि जित निकालेर उनले ह्याट्रिक गरेका थिए । यो चुनावमा चौथो जितको खोजीमा छन् चौधरी ।


सप्तरी क्षेत्र ४ का अन्य उम्मेदवारहरू