प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

चन्द्र वीर राई (Chandra Veer Rai)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
चन्द्र वीर राई
जम्मा मत

56

votes
0.1% of total votes in this constituency
About Candidate

उमेरले ७० वर्ष पुगेका राईलाई नेकपाले इमान्दार र अनुभवी भएकैले चुनाव जित्ने विश्लेषण सहित टिकट दिएको छ । उनी आफैले भन्ने गरेका छन्, ‘राजनीतिमा लागेर सधै परिवारको गाली खाइयो, इमानले जित्यो भने जनताका कुरा उठाम्ला ।’ 

रतुमाईका स्थानीय राई सादगी नेताका रुपमा समेत चिनिन्छन् । नेकपा एमाले पृष्ठभूमिका राई मोरङ जिल्ला उपाध्यक्ष समेत भएका थिए ।

तर निष्ठामा रहेकै कारण अवसरहरुबाट बञ्चित हुनुपरेको उनलाई चिन्नेहरु तर्क गर्छन् । एमालेमा हुँदा अवसर नपाएका राईले २०७८ मा पार्टी विभाजन हुँदा माधवकुमार नेपाललाई साथ दिदै नेकपा एकीकृत समाजवादी रोजे ।

एकीकृत समाजवादीको मोरङ अध्यक्ष भए । भर्खरै एकीकृत समाजवादी, माओवादी केन्द्र सहितका घटकहरु मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको छ । र नेकपाले उनलाई उम्मेदवार बनाएको छ ।

राजनीतिक अनुभव र त्याग बाहेक समाजसेवी परिचय उनको अर्को बलियो पक्ष हो । सँगसँगै नेपाली कांग्रेस र एमाले जस्तो बलियो संगठन भएका उम्मेदवारहरु हराउनु उत्तिकै चुनौती हुनेछ । नयाँ दलहरुप्रति देखिएको आकर्षण त चुनौती छदैछ ।