प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

मीनेन्द्र प्रसाद रिजाल (Minendra Prasad Rizal)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
मीनेन्द्र प्रसाद रिजाल
जम्मा मत

13,590

votes
14.8% of total votes in this constituency
About Candidate

डा. रिजाल कांग्रेसभित्र प्रष्ट विचार राख्न सक्ने र राष्ट्रिय मुद्दाहरूमा गहिरो दख्खल राख्ने नेता मानिन्छन्। माओवादी लडाकु समायोजन जस्तो जटिल प्रक्रियामा उनले खेलेको भूमिकाले उनको कद राष्ट्रिय राजनीतिमा उच्च छ।

२०७४ सालमा रिजाल यही क्षेत्रबाट निर्वाचित भएका थिए । वाम गठबन्धन हुँदा पनि रिजालले एमालेका ऋषिकेश पोखरेललाई १ हजार ८ सय ५ मतको अन्तरले पराजित गरेका थिए । त्यसबेला रिजालले ३५ हजार ८ सय १९ मत ल्याएर जितेका थिए ।

यही अवधिमा रिजाल रक्षामन्त्री बने । तर कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएसँगै उनले रक्षामन्त्रीबाट राजीनामा दिए । मन्त्री पदबाट राजीनामा गरेका रिजाललाई तत्कालीन सभापति शेरबहादुर देउवाले २०७९ को चुनावमा टिकट नै दिएनन् । रिजालको टिकट खोसेर सुजाता कोइरालालाई दिइयो, तर एमालेका ऋषिकेशले चुनाव जिते ।