प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

दिलीप कुमार अग्रवाल (Dilip Kumar Agrawal)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेकपा एमाले
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
दिलीप कुमार अग्रवाल
जम्मा मत

12,836

votes
14% of total votes in this constituency
About Candidate

२१ फागनुकाे  प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मोरङ–२, बाट उम्मेदवार बनेका दीलिपकुमार अग्रवाल पूर्व मेयर हुन् । रंगेली नगरपालिकामा दुई कार्यकाल मेयर निर्वाचित उनलाई यसपटक नेकपा एमालेले प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । 

आफूलाई यो क्षेत्रका ‘बालेन’ भनेर चिनाइरहेका अग्रवालले मेयर भएर गरेका कामलाई चुनाव जित्ने थप आधार बनेका छन् । मेयरको भूमिका बाहेक पनि उनको परिचय यो क्षेत्रमा स्थापित छ । 

५९ वर्षीय अग्रवाल मोरङका पुराना इटा व्यवसायी हुन् । यद्यपि राजनीतिक पृष्ठ्भूमि भने अस्थिर छ । छोटो समयमै कांग्रेस, एमाले र माओवादी भइसकेका छन् । २०७४ सालमा मेयर जित्दा गर्दा उनी नेकपा माओवादी केन्द्रमा थिए । 

माओवादीकै चिह्नबाट मेयर जितेपछि उनी एमाले प्रवेश गरे । एमाले भएरै २०७९ सालको चुनावमा मेयर दोहोरिएर जिते । उनलाई एमालेमा ल्याउन अध्यक्ष केपी शर्मा ओलीकै रुचि देखिएको थियो ।