प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

शंकर राज थपलिया (Shankar Raj Thapalia)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेकपा एमाले
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
शंकर राज थपलिया
जम्मा मत

0

votes
About Candidate

२०२६ सालमा पश्चिम चितवनको पटिहानीमा जन्मिएका नेकपा एमालेका उम्मेदवार थपलिया एक किसान, पर्यटन व्यवसायीसमेत हुन् । भरतपुर महानगरपालिका-२२ का थपलियाले वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरबाट प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन् । २०४३ सालदेखि नै राजनीतिमा लागेका थपलियाले २०४८ सालमा एमालेको पार्टी सदस्यता लिएका थिए ।

युवा संघ, पटिहानीको संस्थापक अध्यक्ष बनेका थपलिया एमाले गाउँ कमिटीको उपसचिव, इलाका कमिटी हुँदै साविक चितवन–४ को सहइन्चार्ज बने । क्षेत्रीय अध्यक्ष समेत बनेका थपलिया एमाले भरतपुर महानगरकमिटीको अध्यक्षका रूपमा दोस्रो कार्यकाल काम गर्दै छन् ।

रोजगारीको सिलसिलामा २०५८ सालमा दक्षिण कोरिया पुगेका उनी ६ वर्ष बिताएर स्वदेश फर्किएका थिए । कृषि कर्मसँगै पटिहानीको पर्यटन क्षेत्रको विकासमा पनि उनी लागिरहेका छन् । पटिहानी पर्यटन विकास समितिको उपाध्यक्ष हुँदै अध्यक्ष बनेका थपलियाले नै पहिलो पटिहानी पर्यटन महोत्सव लगाएका थिए । पटिहानीमा रहेको अमर जनशक्ति कलेजको उपाध्यक्षसमेत भएका थपलिया विभिन्न सामाजिक संघसंस्थामा आवद्ध छन् ।