|
|
नेपाली कम्युनिष्ट पार्टी |
|
|
प्रतिनिधिसभा |
|
|
चितवन–३ बाट नेपाली कम्युनिस्ट पार्टीको प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी रेनु दाहाल २०६४ सालको पहिलो संविधानसभा सदस्य हुन् । २०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर १ बाट पराजय भोगेकी उनी २०५२ सालमा माओवादी जनयुद्धमा सक्रिय सहभागी भइन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादीले नेपाली कांग्रेससँग चुनावी तालमेल गर्ने अप्रत्याशित निर्णय गर्यो । पार्टीको निर्णय अनुसार रेनुलाई भरतपुर महानगरपालिकाको प्रमुख पदको उम्मेदवार बनाइयो । त्यतिबेला उनी एमालेका उम्मेदवार देवीप्रसाद ज्ञवालीसँग जम्मा २०३ मतान्तरले विजयी भइन् । रेनुको बुवा तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको लिगेसीबाट राजनीतिमा स्थापित हुन खोजेको आरोप खेप्दै आएकी उनले आधुनिक भरतपुर बनाउन महत्त्वपूर्ण भूमिका खेलिन् । प्रमुख पदमा निर्वाचित भएको पाँच वर्षमा कामबाट नै विरोधीको मुख बन्द गरिन् ।
महानगरपालिकाको मापदण्ड नै नपुग्ने भरतपुरलाई भौतिक पूर्वाधार, खानेपानी, भूमिगत सिँचाइ, नदी किनार तटबन्ध, हरियाली सहर विकासमा देशकै अब्बल महानगरपालिका बनाउन सफल भइन् । रेनुको कामबाट प्रभावित भएका महानगरपालिकावासीले २०७९ को स्थानीय तह निर्वाचनमा भारी मतले दोस्रो कार्यकाल निर्वाचित गरे ।