प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

रन्जित तामाङ (Ranjit Tamang)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
रन्जित तामाङ
जम्मा मत

969

votes
1.2% of total votes in this constituency
About Candidate

कमल गाउँपालिका–१ झापामा २०३९ माघ १९ गते जन्मिएका रञ्जित तामाङ २०७४ भदौमा भएको २१औँ राष्ट्रिय सम्मेलनबाट अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्षमा निर्वाचित भएका थिए । उनी आन्तरिक प्रतिस्पर्धाबाट निर्वाचित भएका पहिलो अध्यक्ष हुन् । प्रारम्भिक शिक्षा नजिकैको श्री बाँसबारी निम्न माध्यमिक विद्यालयबाट सुरु गरेका तामाङले एसएलसी तत्कालीन तोपगाछी–२ स्थित श्री महेन्द्ररत्न माध्यमिक विद्यालयबाट उत्तीर्ण गरे । महेन्द्र मोरङ कलेज विराटनगरबाट आईए पूरा गरेका उनले काठमाडौँको प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट स्नातक र त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन् ।

विद्यालय जीवनदेखि नै राजनीतिमा सक्रिय उनी चर्चित युवाका नेता हुन् । विद्यार्थी आन्दोलनलाई नयाँ दिशा दिन सफल भएका तामाङले सडक संघर्षमा अग्रणी नेतृत्व गरेका थिए । हाल नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रहेका उनी झापा जिल्ला इञ्चार्जका रूपमा क्रियाशील छन् । तामाङले पहिलो पटक संघीय प्रतिनिधिसभा निर्वाचनमा भाग लिन लागेका हुन् । 


झापा क्षेत्र ५ का अन्य उम्मेदवारहरू