प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

बालेन्द्र शाह (बालेन) (Balendra Shah (Balen))

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
बालेन्द्र शाह (बालेन)
जम्मा मत

10,190

votes
12.5% of total votes in this constituency
About Candidate

काठमाडौँ महानगरपालिकाको मेयरबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यका लागि झापा-५ बाट उम्मेदवारी दिएका बालेन्द्र शाह (बालेन)लाई रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ । ३६ वर्षीय बालेन पेशाले इन्जिनियर हुन् । र्‍याप पृष्ठभूमिका उनी नयाँ पुस्ताबिच लोकप्रिय मानिन्छन् ।

 काठमाडौँको गौरीगाउँमा जन्मिएका शाह आयुर्वेदिक चिकित्सक डा. राम नारायण शाह र ध्रुवदेवी शाहका छोरा हुन् । ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर शाह झापामा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मुख्य प्रतिस्पर्धा गर्दैछन् ।

२०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको छवि पनि बनाए ।

नयाँ पुस्ताले रुचाएका पेशाकर्मी, र्‍यापर तथा कवि-लेखक शाहको राजनीतिक अवतारको चर्चा भने भूगोलभन्दा भर्चुअल माध्यम अर्थात् सामाजिक सञ्जालमा बढी छ ।

स्थानीयत चुनावताका विशेषतः फिल्म, संगीत र फेसन क्षेत्रका सेलिब्रिटीहरु शाहको पक्षमा देखिएका थिए । अभिनेत्रीहरु प्रियंका कार्की, स्वस्तिमा खड्का, निर्माताहरु माधव वाग्ले, सन्तोष सेन, हास्य कलाकार निर्मल शर्मा खुलेरै उनको पक्षमा लागे । निर्देशक निश्चल बस्नेत र गायिका इन्दिरा जोशी शाहको घोषणापत्र प्रस्तुत गर्ने कार्यक्रममै उपस्थित थिए । 


झापा क्षेत्र ५ का अन्य उम्मेदवारहरू