प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

विनोद कुमार खनाल (Vinod Kumar Khanal)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
विनोद कुमार खनाल
जम्मा मत

175

votes
0.7% of total votes in this constituency
About Candidate

राजनीतिक जीवनमा संसदीय यात्रा पहिलो लक्ष्य हुन्छ । लामो समय नेपाली कांग्रेसको राजनीति गरेका विनोदकुमार खनालले पहिलो पटक प्रतिनिधिसभाको निर्वाचनमा प्रतिस्पर्धी बन्ने मौका पाएका छन् । 

पहिलो पटकको निर्वाचनमै उनले नेपाली कम्युनिस्ट पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा एमालेका पूर्वसांसद तथा पूर्वरक्षा मन्त्री हरि उप्रेतीको सामना गर्दैछन् ।  

सर्लाहीको बरहथवा नगरपालिका-१६ टिकुलियामा जन्मिएका खनालले स्नातकसम्म औपचारिक शिक्षा हासिल गरेका छन् ।  खनाल नेपाली कांग्रेसका अनुभवी, वैचारिक रूपमा निष्ठावान र स्पष्ट वक्ताको पहिचान बनाएका राजनीतिज्ञ हुन् ।

पञ्चायतकालदेखि राजनीतिमा सक्रिय रहँदै आएका उनी सिद्धान्त, निष्ठा, निर्भीक र मुद्दामुखी राजनीतिमा विश्वास गर्छन् । लामो राजनीतिक अनुभव, पारिवारिक कांग्रेस, बलियो संगठनात्मक क्षमता पार्टीप्रतिको वाफादर नेता हुन् ।