प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

महिन्द्र राय यादव (Mahindra Ray Yadhav)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
महिन्द्र राय यादव
अग्रता
जम्मा मत

9,566

votes
32.3% of total votes in this constituency
About Candidate

सर्लाही–२ मा नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका महिन्द्र राय यादव पुराना वामपन्थी नेता हुन् । उनी २०५१ सालदेखि संसदीय राजनीतिमा सक्रिय नेतामध्ये एक हुन् । २०११ साल वैशाख २ गते सर्लाहीको हरिपूर्वामा जन्मिएका यादवले २०४४ सालदेखि राजनीति सुरु गरेका थिए । २०५१ सालमा नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचित भएका उनी २०६२/६३ को आन्दोलनसँगै तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) प्रवेश गरे । ०६४ को संविधानसभा चुनावमा यादव सर्लाही– ५ मा सद्भावना पार्टीका खोभारी रायसँग पराजित भए । यादवले २०७० सालमा दोस्रो संविधान सभा निर्वाचन भने तमलोपाको तर्फबाट सर्लाही– ५ बाटै जिते । विद्यालय शिक्षासम्म अध्ययन गरेका उनी २०७४ मा चुनावको मुखैमा राष्ट्रिय जनता पार्टी छोडे । प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको टिकटमा सर्लाही–२ बाट विजयी भए ।

निर्वाचनपछि डा. बाबुराम भट्टराईसँग मिलेर नेपाल समाजवादी पार्टी गठन गरे । २०७९ को निर्वाचनमा यादवले प्रतिनिधिसभा सार्लाही–२ मा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर विजयी भए  । उनी कात्तिक १९ गते नेकपा प्रवेश गरेका थिए । 

२०५२ सालमा देउवा नेतृत्वको सरकारमा उनी कृषिसहायक मन्त्री बने । सोही वर्ष मन्त्रिमण्डल पुनर्गठनमा उनी भूमिसुधार तथा व्यवस्था सहायकमन्त्री र राज्यमन्त्री बने । २०५३ सालमा लोकेन्द्र बहादुर चन्दको सरकारमा उनी निर्माण तथा यातायात राज्यमन्त्री बने । २०५४ सालमा सूर्यबहादुर थापाको सरकारमा विनाविभागीय मन्त्री बने । पछिल्लो समय प्रचण्ड नेतृत्वको सरकारमा यादव कृषि तथा पशुपन्छिमन्त्री बने ।