प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

जनार्दन शर्मा (Janardhan Sharma)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
प्रगतिशील लोकतान्त्रिक पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
जनार्दन शर्मा
जम्मा मत

1,700

votes
5.9% of total votes in this constituency
About Candidate

२०६४ देखि २०७९ सम्म लगातार चार पटक निर्वाचन जितेका जनार्दन शर्मा पाँचौँ पटक जित निकाल्ने गरी रुकुम पश्चिमबाट प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार छन् । तत्कालीन माओवादी केन्द्रको उपमहासचिव रहेका शर्मा जेनजी आन्दोलनपछि माओवादीलगायतका पार्टीबिच भएको एकता प्रक्रियामा सहभागी भएनन् । बरु उनले जेनजी आन्दोलनको भावना समेट्न भन्दै प्रलोपा गठनमा अग्रसरता देखाएका थिए । यद्यपि उनी हाल प्रलोपाको केन्द्रीय सदस्य मात्र हुन् । 

२०१९ वैशाखमा रुकुमको सेरीगाउँमा जन्मिएका जनार्दन शर्मा २०५२ सालमा नेकपा (माओवादी)ले सत्ताविरुद्ध सशस्त्र सङ्घर्ष गर्दा सक्रिय सहभागी भएका उनी शान्ति प्रक्रियासँगै शान्तिमन्त्री, उर्जामन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उर्जामन्त्री हुँदा शर्माले लोडसेडिङ अन्त्य गर्न खेलेको भूमिकाको अझै प्रशंसा हुने गरेको छ ।