प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

हर्क बहादुर नेम्बाङ (Hark Bahadur Nembang)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
हर्क बहादुर नेम्बाङ
जम्मा मत

0

votes
0% of total votes in this constituency
About Candidate

पाँचथरको फिदिम नगरपालिका–१३ लुङरूपमा १० पुस २०३७ सालमा जन्मिएका हर्कबहादुर नेम्वाङ फिदिम नगरपालिका–२, साम्दिनका स्थायी बासिन्दा हुन् ।

स्नातकसम्मको अध्ययन पूरा गरेका उनी माओवादी सशस्त्र युद्धदेखि ‘मिक्सो’ को नामले परिचित छन् ।

२०५८ सालमा तत्कालीन जनमुक्ति सेनामा प्रवेश गरेका उनी सेक्सन कमान्डर हुँदै अन्य जिम्मेवारीमा पुगेका थिए । २०५९ सालमा ओखलढुङ्गामा भएको भिडन्तमा उनी घाइते समेत भएका थिए ।

शान्ति प्रक्रियामा आएपछि जिल्ला इन्चार्ज, पोल्युटब्युरो सदस्य समेत भएका थिए । जनार्दन शर्मा अर्थमन्त्री हुँदा उनी शर्माका स्वकीय सचिव समेत भए ।

नेपाली कम्युनिस्ट पार्टी गठन हुनु अगाडि उनी नेकपा माओवादी केन्द्रको कोशी प्रदेश–१ का अध्यक्ष समेत थिए । हाल उनी नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य छन् । नेकपाले उनी नेम्वाङलाई पाँचथरबाट उम्मेदवार बनाएको छ ।

पहिलो पटक प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका हर्कबहादुर नेम्वाङसँग नेपाली कांग्रेसका नरेन्द्रकुमार नेम्वाङ, नेकपा एमालेबाट अइन्द्रसुन्दर नेम्वाङ लगायत प्रतिस्पर्धामा छन् ।


पाँचथर क्षेत्र १ का अन्य उम्मेदवारहरू