|
|
नेकपा एमाले |
|
|
प्रतिनिधिसभा |
|
|
१२ कात्तिक २०३४ सालमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ इम्बुङमा जन्मिएका अइन्द्रसुन्दर नेम्बाङ विद्यालय तहमा पढ्दादेखि नै राजनीतिमा सक्रिय थिए । उनी १२ वर्षकै उमेरमा अखिल नेपाल विद्यार्थी संगठनको प्रारम्भिक कमिटी अध्यक्ष भएका थिए ।
सारताप माध्यमकि विद्यालयबाट एसएलसी पास गरेका उनी २०५१ सालमा अनेरास्वियुको जिल्ला अध्यक्ष भए । जतिबेला उनी १७ वर्षका थिए । उनी अनेरास्वियुको केन्द्रीय सदस्यका साथै सचिवालय सदस्य समेत भए ।
२०७० सालको संविधानसभा चुनावमा उनी समानुपातिकबाट संविधानसभा सदस्य बने । त्यसबेला उनी नेकपा (माले) बाट संविधानसभा सदस्य बनेका थिए । उनी अहिले एमाले केन्द्रीय सदस्य छन् ।
२०७४ र २०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा एमालेका बसन्तकुमार नेम्बाङ विजय भएका थिए ।
नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका भिष्मराज आङदेम्बेलाई उनले ४७ मतले पराजित गरेका थिए ।
बसन्तकुमार नेम्बाङले यसअघि एमालेबाट निकालेको दुई जितलाई निरन्तरता दिनुपर्ने बाध्यता अइन्द्रसुन्दर नेम्बाङलाई छ ।