प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

हरि रोका (Hari Roka)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
हरि रोका
जम्मा मत

505

votes
1.2% of total votes in this constituency
About Candidate

नेपाली कम्युनिस्ट पार्टीबाट खोटाङ–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका डा. हरि रोका अर्थ–राजनीतिक विश्लेषक हुन् । उनी बौद्धिक व्यक्तित्वका रूपमा परिचित छन् । पछिल्लो चार वर्षदेखि खोटाङको गाउँमै बसेर कृषि कर्ममा सक्रिय उनी ‘वैकल्पिक अर्थतन्त्र’ पुस्तकका लेखक तथा चर्चित अर्थशास्त्री हुन् ।

उमेरले ६७ वर्ष लागेका रोकाले भारतको जवाराहाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधी गरेका थिए । साढे तीन दशकभन्दा बढी समयदेखि रोकाले नेपालको राजनीति, राज्य चरित्र, अर्थ–राजनीति, नीति–निर्माण, अन्तर्राष्ट्रिय मामिला, विकास–दृष्टि र समसामयिक विषयमा कलम चलाउँदै आएका छन् ।

२०६३ सालमा अन्तरिम विधायिका तथा पहिलो संविधान सभा सदस्य समेत रहेका उनले पञ्चायत विरोधी आन्दोलनका क्रममा पटक पटक जेल जीवन बिताएका थिए । नेपाली अर्थतन्त्र र नेपालको कृषि क्षेत्रको रूपान्तरणका लागि उम्मेदवारी दिएको बताएका छन् । २०५६ सालको निर्वाचनमा एमाले विभाजनपछि बनेको तत्कालीन नेकपा(माले)बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए ।