प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

गणेश कार्की (Ganesh Karki)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
गणेश कार्की
जम्मा मत

2,481

votes
3.5% of total votes in this constituency
About Candidate

उनी पार्टी भित्र प्रश्न गर्ने नेताको रूपमा परिचित छन् ।

सभापति रवि लामिछानेलाई बारम्बार प्रश्न गर्दै आएका उनले रास्वपा भित्र विद्रोही नेताको पहिचानसमेत बनाएका छन् ।  सभापतिमाथि प्रश्न गरेर उनले सधैं नेतृत्वलाई जवाफदेही बनाउने प्रयास गरे ।

चलचित्र लेखकसमेत रहेका उनी मोरङको पथरीशनिश्चरेका बासिन्दा हुन् । पछिल्लो समय भने उनी काठमाडौंमा बसोबास गर्दै आएका छन् । 

गत स्थानीय निर्वाचनमा बालेन शाह काठमाडौं महानगरपालिकाको उम्मेदवार बन्दा कार्कीले प्रचारप्रसार अभियानमा नेतृत्वदायी भूमिका खेलेका थिए । तर बालेन निर्वाचित भएपछि उनी लाभको पदमा भने बसेनन् ।

सुमना श्रेष्ठ शिक्षा मन्त्री हुँदा कार्कीले सरकारको नीति निर्माणसमा सहयोगी भूमिका निर्वाह गरे । सुमनाले रास्वपा परित्याग गर्दा ताका उनी पनि पार्टी भित्र प्रश्न गरेर चर्चामा आएका थिए । 

रास्वपा वरिष्ठ नेता बालेनसँग निकट रहेका ४० वर्षीय कार्कीले रास्वपा भित्र वैचारिक नेताको छवि बनाएका छन् ।

रास्वपाको संस्थापक केन्द्रीय सदस्य रहेका उनी २०७९ सालको निर्वाचनमा समानुपातिक सूचीमा थिए । यो पटक भने आफ्नो घर फर्किएर प्रत्यक्षतर्फ चुनावी मैदानमा उत्रिएका छन् ।


मोरङ क्षेत्र ३ का अन्य उम्मेदवारहरू