प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

किरण किशोर घिमिरे (Kiran Kishore Ghimire)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
किरण किशोर घिमिरे
जम्मा मत

199

votes
0.4% of total votes in this constituency
About Candidate

‘जयतु संस्कृतम्’ आन्दोलनका सेनानी ऋषिराम शर्मा घिमिरेका छोरा हुन्, किरणकिशोर घिमिरे । किरणकिशोरका दाजु कृष्णकिशोर पञ्चायत विरुद्धको आन्दोलनमा लागेका थिए । 

६३ वर्षीय किरणकिशोर २०३६ सालदेखि पञ्चायती शासनको विरोधमा लागे । २०४६ को जनआन्दोलन पश्चात् मजदूरको हकहितका लागि ट्रेड युनियन आन्दोलनमा सक्रिय भए । 

घिमिरेको जनकपुर रेलवेको प्रमुख कार्यकारी अधिकृत र नेपाल यातायात संस्थानको प्रबन्धक भएर १८ वर्ष काम गरेको अनुभव छ । यी कार्यालयमा उनको कुशल व्यवस्थापकीय क्षमताको अहिले पनि स्मरण गरिन्छ ।

दाङमा दीप ज्योति अस्पताल र प्राविधिक शिक्षालयको स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका उनले वन विकास र उद्योग मार्फत स्थानीयलाई रोजगारी दिन पहल गरेका छन् ।