प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

गोपाल गिरी (Gopal Giri)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
गोपाल गिरी
जम्मा मत

363

votes
4.2% of total votes in this constituency
About Candidate

कास्कीको रिभानमा जन्मिएका गोपाल गिरी वामपन्थी आन्दोलनका अनुभवी नेता हुन्। स्कुल पढ्दादेखि नै कम्युनिस्ट विचारधाराबाट प्रभावित भई राजनीतिमा सक्रिय भएका उनले शिक्षक पेसा त्यागेर जनपक्षीय राजनीतिमा पूर्णकालीन रूपमा योगदान दिएका हुन्। तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध संघर्षका क्रममा पटक–पटक जेल र हिरासत भोगेका उनले जनआन्दोलन र विभिन्न राजनीतिक आन्दोलनमा सक्रिय भूमिका खेले। जिल्ला विकास समिति कास्कीको क्षेत्रीय सदस्यका रूपमा काम गर्दै पूर्वाधार विकासमा योगदान दिएका गिरी अहिले वामपन्थी एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन्।